‘एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन’
कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी)ले नेपाल सरकारको अमेरिकासँग एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको बताएका छन्।
मन्त्री शर्माले यस विषयमा भ्रममा नरहन पनि सबैलाई आग्रह गरे। यो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको पनि उनको भनाइ छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदका प्रश्नको जवाफ दिंदै उनले एसपीपी सम्झौताका बारेमा स्पष्ट पारेका हुन्।
बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताबारे सोधिएको प्रश्नमा मन्त्री शर्माले नेपालको संसद्ले पारित गरेकै दिन अमेरिकी सरकारले उक्त सम्झौताका व्याख्यात्मक घोषणालाई स्वागत गरेकाले सम्झौताको अङ्ग बनेकामा द्विविधामा नपर्न आग्रह गरे।