‘कार्ल मार्क्सको कसम’ पुस्तक सार्वजनिक
गोविन्द भट्टराईद्वारा लिखित पुस्तक कार्ल मार्क्सको कसमः केही विकासका कुरा, केही निकासका कुरा सार्वजनिक गरिएको छ।
नासा फाउन्डेसन नेपालद्वारा प्रकाशित उक्त पुस्तक मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव टोकराज पाण्डे, नासा फाउन्डेशन नेपालकी संयोजक भगवती सेढाईं, खेलकूद अभियन्ता रमेश पौडेल तथा पुस्तकका लेखक गोविन्द भट्टराईले धारणा राखेका थिए। यस्तै, नेशनल रोड सेफ्टी एलायन्स–नेपालका अध्यक्ष योगेश भट्टराई, पूर्वाधारविज्ञ सूर्यराज आचार्य, पूर्व मुख्य सचिव लीलामणि पौडेल, नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको संलग्नतामा विभिन्न विषयमा अन्तरसंवाद गरिएको थियो।
पुस्तकमा मोबिलिटी, सडक र यातायात, सडक सुरक्षा तथा दिगो शहरी विकासका क्षेत्रहरूमा आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव जस्ता विषय समेटिएका छन्।