प्रधानमन्त्री देउवालाई छलफलमा बोलाउने संसदीय समितिको निर्णय
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ज्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिमा छलफलका लागि बोलाएको भएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकले देउवालाई असार ५ गते बोलाउने निर्णय भएको समितिका सदस्य राम कार्कीले जानकारी दिए।
समितिले सरकार प्रमुखको आसन्न आमेरिका भ्रमणबारे देउवासँग छलफल गर्न लागेको हो। यस्तै, बैठकमा परराष्ट्र मन्त्री नारायण खड्कालाई पनि बोलाउने निर्णय भएको छ।