भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना
कोरोनाभाइरसको संक्रमणबाट स्वास्थ्यमा समस्या आएपछि भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ।
गान्धीलाई १० दिनअघि कोरोना संक्रमण भएको थियो। उनको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्यमा भने समस्या देखिएको जनाइएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि ७५ वर्षीया गान्धीलाई गंगाराम अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता रणदीप सुर्जेवालाले जनाएका छन्। “गान्धीको अवस्था स्थिर रहेको छ र चिकित्सकको निगरानीमा राखिएको छ,” सुर्जेवालाले भनेका छन्।
उनलाई १० दिनअघि कोरोना संक्रमण पुष्टि भए पनि सामान्य लक्षण देखिएका थिए। उनी घरमै आइसोलेसनमा बस्दै आएकी थिइन्।
गान्धीलाई यसअघि पनि छातीको समस्या रहेको थियो। कोरोनो थप समस्या आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।