लिग-२ मा नेपाल र अमेरिकाको खेल बराबरी
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल र अमेरिकाको खेल बराबरीमा टुंगिएको छ।
गएराति भएको खेलमा नेपालको जितक्कै २७४ रन बनाएर अमेरिकाले बराबरीमा टुंग्याएको हो। नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ६ विकेटको क्षतिमा २७४ रन बनायो।
अमेरिकाका लागि स्टेभन टेलरले १२३ बलमा ११ चौका र तीन छक्काको मद्दतले ११४ रन बनाए। त्यस्तै, मोनांक पटेलले ८५, आरोन जोन्सले २६, सुशान्त मोदानीले १७ र राहुल जरिवालाले १० रन बनाए।
नेपालका लागि मोहम्मद आदिल आलमले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनायो। नेपालका लागि रोहित पौडेल, आसिफ शेख र देव खनालले अर्थ शतक प्रहार गरे।
पौडेलले ७२ बलमा ६२, शेखले ७० बलमा ६१ र खनालले ६९ बलमा ५४ रन बनाए। त्यस्तै, मोहम्मद आदिल आलमले ३६, कुशल भुर्तेलले १९ र सन्दीप लामिछानेले १० रन बनाए।
अमेरिकाका लागि रस्टी थेरोनले चार अलि खान र साैरभ नेत्राभाल्कर दुई-दुई तथा निसर्ग पटेल र यासिर अहम्मदले एक-एक विकेट लिए।
नेपालका देव खनाल प्लेयर अफ द म्याच भए। उनले २४ बलमा ३६ प्रहार गरेका थिए भने ९ ओभरमा ४५ रन खर्चेर तीन विकेट लिएका थिए।
यो खेलमा नेपाल र अमेरिकाले एक-एक अंक बाँडेका छन्। योसँगै नेपालको १३ अंक भएको छ भने अमेरिकाको २१ अंक भएको छ।
नेपाल अंक तालिकाको छैटौं स्थानमा छ भने अमेरिका चौथो स्थानमा छ। पहिलो स्थानमा रहेको ओमनको ४२ अंक छ।
अमेरिका भ्रमणका क्रममा नेपालले अर्को खेल मंगलबार ओमनसँग तेस्रो खेल खेल्नेछ।