अमेरिकी सैनिक कमाण्डरले गरे जंगी अड्डा भ्रमण (तस्वीरहरू)
चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए. फ्लिनले जंगी अड्डा भ्रमण गरेका छन्।
नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय भ्रमणका क्रममा शुक्रबार उनले प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरे।
मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीको भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने र आपसी सद्भाव बलियाे हुने नेपाली सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
भ्रमणदलका सदस्यहररू शनिबार हिमाल दृश्यावलोकनका लागि माउण्टेन फ्लाईटमा सहभागी हुने र आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने तालिका रहेको सेनाले जनाएको छ। जनरल फ्लिनको टोली जेठ २९ गते स्वेदश फर्कने कार्यक्रम छ।