सार्वजनिक शौचालयका लागि पोखरामा पनि निजी क्षेत्रसँग सम्झौता गरिने
पोखरा महानगरपालिकाले पनि सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्नका लागि निजी क्षेत्रसँग सम्झौता गर्ने भएको छ।
महानगरको बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले पोखरामा रहेका ब्यांक, होटल, रेस्टुराँ तथा व्यापारिक मलका शौचालय सर्वसाधारणका लागि निःशुल्क खुला गर्न निजी क्षेत्रसँग सम्झौता गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय प्रमुख बलराज रिजायले बताए।
“कार्यपालिका बैठकमा धेरै प्रस्तावहरु प्रस्तुत भएका थिए। यसमध्ये निजी क्षेत्रसँग सार्वजनिक शौचालय प्रयोग गर्न महानगरले सम्झौता गर्ने निर्णय गरेको छ,” बरालले भने।
यसअघि काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले निजी क्षेत्रले सञ्चालन गर्दै आएका होटल, रेस्टुराँ, ब्यांक, व्यापारिक मलसँग सम्झौता गरेर सर्वसाधारणका लागि शौचालय निःशुल्क खुला गर्ने निर्णय गरेको थियो। महानगरले सम्झौता भएका शौचालय बाहिर देखिन मिल्ने बोर्ड टाँसेको छ।
यससँगै पोखरा महानगरको कार्यपालिका बैठकले ल्यान्डफिल साइट पोखरा–३३ मा सार्ने निर्णय गरेको छ। यसका लागि बजेट व्यवस्था गर्ने निर्णय गरेको छ।