‘एउटा पासपोर्ट पाउन ५० हजार लाग्छ, सस्तो र सजिलो होस्’
वैदेशिक रोजगारीमा जाने मजदुरले एउटा पासपोर्ट बनाउन ५० हजार खर्च गर्नु परिरहेको बताउँदै यसलाई सस्तो र सजिलो बनाउन सांसद मिनबहादुर विश्वकर्माले आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पासपोर्ट बनाउन वैदेशिक रोजगारीमा जाने युवालाई समस्या भइरहेको बताए। “एउटा एमआरपीका लागि १० हजार शुल्क लाग्छ, समय लाग्छ, आउजाउ गर्नुपर्छ,” सांसद विश्वकर्माले भने, “एउटा पासपोर्ट पाउन ५० हजार लाग्छ, अझ दलाललाई पनि खुवाउनुपर्छ।”
यो साह्रै महंगो भएको उनको भनाइ थियो। सजिलो र कम शुल्क तिरेरै पासपोर्ट पाउने व्यवस्था गर्नुपर्ने उनले सरकारलाई आग्रह गरे।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका युवाले त्यहि पासपोर्ट नविकरण गर्न पाउने व्यवस्था गर्न पनि आग्रह गरे।
“स्वदेशमा रोजगारी नपाएर विदेश गएका हुन्छ, त्यहाँ थप पीडा हुन्छ,” उनले भने, “पोसपोर्टको म्याद सकिन्छ। नेपाल आउँदा रोजगारी गुम्छ, उतै बस्दा पासपोर्ट हुँदैन। अब सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाटै पासपोर्ट नविकरण गर्ने व्यवस्था गर्नुपर्छ।”
उनले इम्बोस्ड नम्बर प्लेटको पनि शुल्क घटाउन आग्रह गरेका छन्। “इम्बोस्ड नम्बर प्लेटको भारतमा पाँच सय रुपैयाँ लाग्छ, नेपालमा ३५ सय लाग्दैछ, यो घटाउनुपर्छ,” उनले भने। राजदूत