फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
केही दिनअघि १० रुपैयाँका दरले घटाएको नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोलमा आठ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १२ रुपैयाँका दरले मूल्य बढाएको छ। अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १६५ पुगेको छ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमका सह-प्रवक्ता पुष्कर कार्कीले जनाएका छन्। गत १५ दिनमा तीन अर्ब ८९ करोड घाटा लागेकाले मूल्य वृद्धि गर्नु परेको उनको भनाइ छ।