एकीकृत समाजवादीले चार मन्त्रीलाई फिर्ता बोलायो
नेकपा (एकीकृत समाजवादी) ले चार जना मन्त्रीलाई फिर्ता बोलाएको छ।
आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। त्यस अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो।
एकीकृत समाजवादीका तर्फबाट पाँच जना मन्त्री सरकारमा सहभागी थिए। उनीहरूमध्ये कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) लाई यथावत् राखेको छ।
फिर्ता बोलाएका मन्त्रीको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ।