रुपन्देहीमा बस दुर्घटनाः नौ जनाको मृत्यु‚ २४ घाइते
रुपन्देहीमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।
जनकपुरबाट भैरहवा जाँदै गरेको लु. २ ख ३८४१ नम्बरको बस आइतबार बिहान साढे ४ बजे दुर्घटना भएको रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए। ३३ जना सवार बस रोहिणी-३ र ओमसतिया गाउँपालिका-४ मा पर्ने रोहिणी नदीमा रहेको पुलबाट खसेको थियो।
घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज‚ भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको अध्यक्ष यादवले बताए।