एसीसी टी-२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १९ खेलाडी छनोट गरेको छ।
अर्को महीना आयोजना हुने च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये १९ जना छनोट भएको क्यानले जनाएको छ।
छनोट भएका खेलाडीमा रुविना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगीता राई, अस्मिता कर्माचार्य, मनीषा उपाध्यक्ष, बिन्दु रावल, ममता चौधरी, रेखा रावल र ईश्वरी विष्ट छन्।
एमसीसी टी-२० च्याम्पियनसिप असार पहिलो साता मलेशियामा हुँदै छ। नेपाल समूहमा ‘बी’ मा रहेको छ। जसमा बहराइन, भुटान, हङकङ र कुवेत छन्।