नेपाल यूएईसँग १० विकेटले पराजित
आईसीसी महिला यू–१९ विश्वकपको एशिया क्वालिफायरमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको छ।
शनिबार मलेसियामा भएको खेलमा नेपालले दिएको नौ रनको लक्ष्य यूएईले १.१ ओभरमै पूरा गरेको छ। यूएईका लागि तीर्था सतिशले चार र लबन्या केनीले तीन रन बनाए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ८.१ ओभरमा सबै विकेट गुमाएर आठ रन मात्रै बनाएको थियो। नेपालका लागि स्नेहा महराले तीन, मनीषा राणाले दुई, किरण कुँवर, अस्मा पुलामी मगर र अनु कडायतले एक–एक रन बनाए।
यूएईका लागि महिका कौरले पाँच, इन्धुजा नन्दकुमारले तीन र समैरा धर्मीधर्काले एक विकेट लिएका थिए।