योगेश भट्टराईको प्रश्नः अर्थमन्त्रीज्यू, कमिशन नआउने भएरै शिक्षा–स्वास्थ्यको बजेट नबढेको हो?
नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराईले आर्थिक वर्ष २०७९/०८० को अनुमानित आयव्यय विवरणमा शिक्षा र स्वास्थ्य क्षेत्रका बजेट नबढाएको भन्दै आपत्ति जनाएका छन्।
जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै भट्टराईले शिक्षामा बजेट नबढाइएको र स्वास्थ्यको बजेट गएको वर्षमा भन्दा घटाएकाे बताए।
“टिकटकमा अर्थमन्त्रीज्यूको भिडिओ आएको छ। त्यसमा उहाँले भन्नुभएको छ–शिक्षा र स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनुभएको छ– त्यसमा बजेट किन बढाइन भने कमिशन आउँदैन,” नेता भट्टराईले बैठकमा भने्, “अर्थमन्त्रीज्यू, यस पटक पनि कमिशन नआउने भएरै शिक्षा–स्वास्थ्यको बजेट नबढेको हो?”