आगामी वर्षको बजेट १७ खर्ब ९३ अर्ब (पूर्ण पाठ)
सरकारले आगामी आर्थिक वर्षका लागि रु.१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको छ।
यो चालू आर्थिक वर्षको बजेटभन्दा रु.एक खर्ब ४६ अर्ब ठूलो हो। बजेटले चालू खर्चका लागि रु.सात खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरेको छ। यो बजेटको ४२ प्रतिशत हो।
त्यसै गरी विकास लक्षित पूँजीगत खर्चका लागि रु.तीन खर्ब ८० अर्ब छुट्याइएको छ।
सरकारले आगामी वर्ष रु.१२ खर्ब ४० अर्ब राजस्व उठाउने र रु.चार खर्ब ९८ अर्ब सार्वजनिक ऋण (आन्तरिक र बाह्य) उठाउने योजना बनाएको छ।