अब चुनढुङ्गामा आधारित सबै सिमेन्ट कम्पनीले आईपीओ निकाल्नुपर्ने
आगामी आर्थिक वर्षको बजेटले प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनी वा सरकारी अनुदान वा कर छूट प्राप्त गर्ने कम्पनीले अनिवार्य रूपमा प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्नुपर्ने व्यवस्था गरेको छ।
प्राकृतिक स्रोतको लाभ सर्वसाधारणमा पनि पुर्याउन बजेटले यस्तो घोषणा गरेको हो। यो घोषणा अनुसार अब नेपालमा चुनढुङ्गा खानी उत्खनन गर्ने सबै सिमेन्ट कम्पनीले आईपीओ जारी गर्नुपर्नेछ।
बजेटले रु.एक अर्बभन्दा बढी पूँजी वा सोभन्दा बढी वा पाँच अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले पनि अनिवार्य आईपीओ जारी गर्नुपर्ने व्यवस्था गरेको छ।