वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत आरक्षण
वैदेशिक रोजगारीमा गएका नेपालीले प्राथमिक शेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने भएका छन्।
आर्थिक वर्ष २०७९/८० को बजेटले आईपीओमा वैदेशिक रोजगारीमा गएकाका लागि आरक्षणको व्यवस्था गरेको हो।
बजेटले गैरआवासीय नेपालीलाई शेयर बजारमा लगानी गर्न दिन कानून निर्माण गरिने पनि उल्लेख गरेको छ।