मध्य पहाडमा चार र हिमाली क्षेत्रमा सात शहर बनाउन अध्ययन गरिने
सरकारले मध्य पहाडी क्षेत्रमा चार र हिमाली क्षेत्रमा सात वटा शहर बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको छ।
आइतबार संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले मध्य पहाडमा चार र हिमाली क्षेत्रमा सात वटा नयाँ शहर बनाउन अध्ययन गरिने जानकारी दिएका छन्।
त्यस्तै, सिन्धुलीको मरिन, बाराको निजगढ, तनहुँको देवघाट र पाल्पाको रामपुरलाई नेपाली मौलिक शैली र विशेषता झल्किने संरचना सहितको नयाँ शहरका रूपमा विकास गर्न अध्ययन गरिने भएको छ।
ओलाङचुङगोल, केमाथाङ, उपल्लो मनाङ, लोमाङथाङ, रोल्पा बुद्ध, लिमी र हिल्सामा व्यवस्थित हिमाली शहर बनाउन अध्ययन गरिने भएको छ।