विद्युत् प्राधिकरणले आईपीओ जारी गर्ने
सरकारले नेपाल विद्युत् प्राधिकरणको प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको उल्लेख गर्दै प्रिमियम सहितको शेयर सर्वसाधारणलाई जारी गर्ने बताएका हुन्।
उक्त आईपीओबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण लगायत ऊर्जा पूर्वाधार निमार्णमा लगानी गरिने बजेटले उल्लेख गरेको छ।