ग्यासको अनुदान हटाइने, सिंहदरबारमा साउनबाट सिलिन्डरको प्रयोग नहुने
सरकारले खाना पकाउने ग्यासमा दिंदै आएको अनुदान क्रमशः घटाउँदै लैजाने बताएको छ।
आगामी आर्थिक वर्षको बजेटले खाना पकाउने ग्यासमा दिंदै आएको अनुदान घटाएर भान्सामा विद्युत्को खपतमा अनुदान दिने घोषणा गरेको हो।
बजेटले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियान शुरू गरिने घोषणा गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले साउनबाट सिंहदरबारमा ग्यास सिलिन्डर हटाएर विद्युत् मात्र प्रयोग गरिने बताए। त्यसै गरी, तीन महीनाभित्र काठमाडौंका सार्वजनिक कार्यालयबाट ग्यास सिलिन्डर हटाउने अभियान थालिने बताए।
बजेटले स्थानीय तह मार्फत एक घर एक विद्युतीय चुल्हो अनुदान दिने घोषणा पनि गरेको छ।