उखु किसानलाई अनुदान प्रदान गरिने
सरकारले आगामी आर्थिक वर्षमा उखु किसानलाई अनुदान उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड विनियोजन गरेको जानकारी दिएका छन्।
त्यस्तै, प्रधानमन्त्री कृषि परियोजनाका लागि पनि बजेट बढाइएको छ। आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि परियोजनका लागि पाँच अर्ब ९० करोड बजेट विनियोजन गरिएको छ।