रासायनिक मल किन्न १५ अर्ब विनियोजन
सरकारले आगामी आर्थिक वर्षमा सहज आपूर्ति हुने गरी रासायनिक मल खरीद गर्ने जनाएको छ।
आइतबार संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० मा रासायनिक मल खरीद गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन्।
उनले रासायनिक मलको अभाव हुन नदिने जनाएका छन्।