किसानलाई कर्जा दिन पाँच खर्बको लघुवित्त कोष, किसान पेन्सन कार्यक्रम शुरू गरिने
सरकारले किसानलाई कृषि कर्जा उपलब्ध गराउन रु.पाँच खर्बको लघुवित्त कोष स्थापनाको घोषणा गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। किसानलाई सहुलियत र सहुलियत कर्जा दिन यस्तो कोष बनाउन लागिएको हो।
ब्यांक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा यो कोषमा रकम लगानी गर्नुपर्नेछ।
किसान पेन्सन कार्यक्रम शुरू गर्न किसान हित कोष शुरू गरिने घोषणा पनि गरिएको छ। कोषका लागि रु.एक अर्ब बीउ पूँजी उपलब्ध गराउने बजेटले घोषणा गरेको छ। किसान परिचयपत्र मार्फत राहत दिने पनि बजेटले घोषणा गरेको छ।