यात्रुका आफन्त सोधपुछ गर्न पोखरा विमानस्थलमा
सम्पर्कविहीन तारा एअरको जहाजमा रहेका यात्रुका आफन्त सोधपुछ गर्न पोखरा विमानस्थलमा पुगेका छन्।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको '९एन-एआईटी' जहाज आज बिहान १०ः०७ बजे सम्पर्कविहीन भएको हो। जहाज सम्पर्कविहीन भएको खबर आएसँगै यात्रुका आफन्तजन सोधपुछका पोखरा विमानस्थल पुगेका हुन्।
जहाजमा तीन जना चालक दलका सदस्य तथा १९ जना यात्रु छन्। जसमा ६ जना विदेशी रहेका छन्।
यससँगै जहाजको खोजीका लागि नेपाली सेनाको ‘रेस्क्यू टीम’ पोखरा विमानस्थल पुगेको छ। खोजी कार्यका लागि सेनाको एमआई–१७ हेलिकोप्टर पोखरा विमानस्थलमा तयारी अवस्थामा रहेको छ।
प्रतिकूल मौसमका कारण खोजीका लागि हेलिकोप्टर जान नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।