दुर्घटनाग्रस्त जहाजमा को को थिए सवार? (नामावली सहित)
तारा एअरको जहाज मुस्ताङको थसाङ गाउँपालिका-२ सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाजमा चालक दलका तीनसहित २२ जना थिए।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एन-एईटी जहाज बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो। जहाज सोमवार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
जहाजमा चालक दलमा क्याप्टेन प्रभावकर घिमिरे‚ सहचालक उत्सव पोखरेल र एअर होस्टेन किस्मी थापा थिए। यस्तै‚ यात्रुहरू वैभवी बाण्डेकर‚ इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्य्राट, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र युवी विल्नर सवार थिए।