आठ महीनामा ३२५ किमी सडक मात्रै कालोपत्रे, पुल निर्माणको गति सुस्त
चालू आर्थिक वर्षको पहिलो आठ महीनामा ३२५ किमी सडक कालोपत्रे भएको छ।
शनिबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार, गत फागुन मसान्तसम्म कालोपत्रे भएको सडक सञ्जाल १६ हजार ९३९ किमी पुगेको छ। यो गत असार मसान्तमा १६ हजार ६१४ किमी थियो।
यद्यपि, यसमा प्रदेश र स्थानीय तहले विस्तार गरेको सडक जोडिएको छैन। संघले गत फागुनसम्म ३३ हजार ८७१ किमी सडक निर्माण गरेको छ।
चालू आर्थिक वर्षमा नयाँ सडकको निर्माण घटेको छ। गत फागुनसम्म १५५ किमी मात्रै नयाँ सडक बनेको छ। बितेको आर्थिक वर्षमा ४७२ किमी सडक निर्माण भएको थियो।
त्यसै गरी पुलको निर्माण पनि घटेको छ। फागुनसम्म जम्मा ८० वटा मात्रै पुल निर्माण भएका छन्। अघिल्लो वर्ष १९२ वटा पुल निर्माण भएका थिए।
प्रदेश र स्थानीय तहले ६४ हजार ६१७ किमी सडक निर्माण गरेका छन्