आवश्यक सेवामा हडताल गर्न निषेध सहित यस्ता छन् मन्त्रिपरिषद्का १० निर्णय
सरकारले सार्वजनिक हितका आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितका २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय भएको बताए। यस सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ।
मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै मन्त्री कार्कीले पाँच जना सचिवको सरुवा गरिएको बताए।