यामाहाको नयाँ बाइक नेपाली बजारमा
यामाहाको सुविधायुक्त नयाँ मोटरसाइकल ‘आर-१५ एम’ नेपाली बजारमा आएको छ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेन्ज मेला’ को अवसर पारेर नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।
नेपालमा ल्याइएका यामाहाका मोटरसाइकलमध्ये यो सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषता सम्मिलित गरी तयार पारिएको कम्पनीको दाबी छ।
यसलाई एम र आर सिरिजका मोटरसाइकलको पाँचौं जेनेरेशन भनिएको छ। ट्र्याक स्पिड, कर्भ र स्पोर्टस् बाइकमा रुचि राख्ने युवालाई लक्षित गरी यो मोटरसाइकल तयार गरिएको जनाइएको छ।
यो मोटरसाइकलको मूल्य नेपाली बजारमा पाँच लाख ७९ हजार नौ सय रहेको कम्पनीले जनाएको छ।