काबेली-३ जलविद्युत्मा एनएमबि ब्यांक मुख्य लगानीकर्ता
काबेली-३ जलविद्युत् आयोजनामा एनएमबि ब्यांक लिमिटेडले मुख्य लगानीकर्ता भएर वित्तीय व्यवस्थापन गरेको छ।
प्रदेश १ को ताप्लेजुङस्थित सिरिजङ्घा गाउँपालिकामा निर्माण भइरहेको २१.९३ मेगावाटको काबेली ३ जलविद्युत् आयोजनाको काबेली हाइड्रोपावर कम्पनी प्रालिले प्रवर्द्धन गरिरहेको छ।
यसमा एनएमबि ब्यांक मुख्य लगानीकर्ता रहेको छ भने सह-लगानीकर्तामा सेञ्चुरी कमर्सियल ब्यांक लिमिटेड रहेको छ।
यो आयोजनाको कुल अनुमानित लागत चार अर्ब २८ करोड ५० लाख रहेको छ। जसमध्ये ब्यांकहरूको ऋण लगानी तीन अर्ब २१ करोड ३० लाख रहनेछ। यो आयोजना समेत गरी एनएमबि ब्यांंकले ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ।