नेपाल टी-२० लिगमा प्रतिस्पर्धा गर्ने ६ टीमको नाम तय
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-२० लिगमा प्रतिस्पर्धा गर्ने टीमको नाम तय भएको छ।
क्यानको बोर्ड बैठकले टी-२० लिगमा सहभागी हुने टीमको नाम तय गरेको कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिएका छन्। लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी वा भैरहवा र फार वेस्टर्न नामले ६ टीमले प्रतिस्पर्धा गर्नेछन्।
क्यानले आउँदो असोज ८ देखि कात्तिक ५ गतेसम्म टी-२० लिग आयोजना गर्न लागेको छ। यसअघि निजी क्षेत्रबाट भइरहेका लिगलाई भने मान्यता नदिने क्यानको बोर्ड बैठकले निर्णय गरेको छ।
यसअघि भइरहेका लिगलाई क्षेत्रीय संरचनामा गर्न भने अनुमति दिने निर्णय भएको कार्यवाहक सचिव मल्लले जानकारी दिए। अहिलेसम्म सञ्चालन भएको फ्रेन्चाइज लिगलाई क्यानले धन्यवाद दिएको छ।