ललितपुर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी, कसले कति मत पाए?
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
जेठ १० गते सम्पन्न मतगणना अनुसार, महर्जनले ४२ हजार ७२२ मत प्राप्त गरेका छन्। महर्जनलाई पछ्याएका नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० भोट पाए।
उपमेयरमा भने एमाले उम्मेदवार मन्जली शाक्य बज्राचार्य निर्वाचित भइन्। उनले २५ हजार ८४ मत प्राप्त गरिन्। नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए।
मेयरका उम्मेदवारले प्राप्त गरेको मत:
चिरिबाबु महर्जन (नेपाली कांग्रेस) ४२७२२ विजयी
हरिकृष्ण व्यञ्जनकार (नेकपा एमाले) २४५६०
अष्टबहादुर महर्जन (राप्रपा) ५५५४
उज्ज्वलकृष्ण श्रेष्ठ (विवेकशील साझा) १५८५
अशोक महर्जन (नेमकिपा) ४३१
सरिना लाखे जोशी (स्वतन्त्र) ३११
सनी कपुर महर्जन (राष्ट्रिय जनमुक्ति पार्टी) १३६
मोहन शाक्य (नेकपा माले) ८७
सपना महर्जन (आमूल परिवर्तन) ८७
राजेन्द्र थापा मगर(स्वतन्त्र) ४०
सपना श्रेष्ठ (मौलिक जरोकिलो पार्टी) २८
सुरेश महर्जन (स्वतन्त्र) १९
वासुदेव अमात्य (जनमत पार्टी) १५
स्रोतः निर्वाचन आयोग