धनगढीका मेयरको निर्णयः ७० वर्ष माथिकालाई नि:शुल्क स्वास्थ्य परीक्षण
धनगढी उपमहानगरका ७० वर्षभन्दा माथिका स्थायीवासी नागरिकको ओपीडी जाँच नि:शुल्क हुने भएको छ।
धनगढी उपनगरपालिकाले नेपाल निजी अस्पताल संघको सहयोगमा यो सेवा दिन लागेको हो। धनगढीमा निजी अस्पतालमा रोग निदानमा १० प्रतिशत, बेड शुल्कमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत सहुलियत दिने निर्णय उपमहानगरका नवनिर्वाचित मेयर गोपाल हमाल र निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीको उपस्थितिमा भएको हो।
स्वतन्त्र उम्मेदवारी दिएका हमालले मेयरमा अत्यधिक मतले विजयी भएसँगै यस्तो निर्णय गरेका हुन्। सहुलियत उपचारको सेवा लिन औषधि उपचार परिचयपत्र वडा कार्यालय मार्फत उपलब्ध गराइने उपमहानगरपालिकाले जनाएको छ।