३४ हजार ४५० जना निर्वाचित‚ कुन पार्टीको कति?
स्थानीय तह निर्वाचनमा अहिलेसम्म देशभर ३४ हजार ४५० जना निर्वाचित भइसकेका छन्। गत वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनाव भएको थियो।
विभिन्न स्थानीय तहका मेयर‚ उपमेयर‚ अध्यक्ष‚ उपाध्यक्ष‚ वडाध्यक्ष‚ महिला सदस्य‚ दलित महिला सदस्य र सदस्यहरूले पदभार ग्रहण गरिसकेका छन्। केही स्थानीय तहमा भने गणना सकिएको छैन।
निर्वाचन आयोगका अनुसार‚ अहिलेसम्म सबैभन्दा बढी पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसले १३ हजार ५३८ पदमा विजय हासिल गरेको छ। यस्तै‚ नेकपा (एमाले) ११ हजार ६७१ पदमा जित निकाल्दै दोस्रो स्थानमा छ।
नेकपा (माओवादी केन्द्र) पाँच हजार ३‚ जनता समाजवादी पार्टी एक हजार ४८१‚ नेकपा (एकीकृत समाजवादी) ९७०‚ लोकतान्त्रिक समाजवादी पार्टी ५७० र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ पदमा विजय हासिल गरेका छन्।