पोखराको मेयरमा धनराजको जित सुनिश्चित‚ उपमेयरमा मञ्जुदेवीको अग्रता
कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यको जित सुनिश्चित भएको छ।
पाँच हजार १५ मत गन्न बाँकी रहँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका आचार्य पाँच हजार २८६ मतले अगाडि छन्। आचार्यले ५६ हजार ४७१ र नेकपा (एमाले) का कृष्ण थापाले ५१ हजार १८५ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, मंगलबार बिहानसम्म एक लाख ३८ हजार २११ मत गणना भइसकेको छ। पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो।
उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले गठबन्धनकf तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई पछि परेकी छन्। गुरुङले ५८ हजार ५८२ मत र रानाभाटले ५४ हजार ५४७ मत प्राप्त गरेका छन्।