काठमाडौंको उपमेयरमा एमाले उम्मेदवारलाई ३० हजार मतको अग्रता
काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) बाट उम्मेदवारी दिएकी सुनिता डंगोलले ३० हजारभन्दा बढी मतले अग्रता लिएकी छन्।
जेठ ९ गते मध्याह्नसम्म डंगोलले ४६ हजार ५८० मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६ हजार १४६ भोट पाएका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनिता मगैयाले आठ हजार ११६, विद्या श्रेष्ठ (स्वतन्त्र) ले सात हजार ६०, बेन्जीसिंह महर्जन (स्वतन्त्र) ले चार हजार ५९३ र विवेकशील साझा पार्टीकी कृति कंसाकारले एक हजार ९४० मत प्राप्त गरेका छन्।
मेयरमा भने स्वतन्त्र बालेन्द्र साहको अग्रता कायमै छ।