जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायमै राखेका छन्। नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार साहले १२ हजार २८३ मत प्राप्त गरेका छन्।
यस्तै‚ नेकपा (एमाले) का शिवशंकर साहले नौ हजार ३०३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज चौधरीले पाँच हजार १६ र जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले चार हजार ८०६ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह १४ हजार ८३२ मत सहित अगाडि छन्। एमालेकी रुणादेवी झाले १० हजार ५३४, लोसपाकी रीताकुमारी मिश्रले पाँच हजार २५४ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले तीन हजार ३४५ मत प्राप्त गरेका छन्।
जनकपुरधामको २५ वडामध्ये अब वडा नम्बर १४ र १५ को मतगणना बाँकी छ।