स्थानीय तह चुनावः प्रदेश १ मा एमाले‚ बाँकीमा कांग्रेस पहिलो
स्थानीय तह निर्वाचनको अन्तिम नतीजा आउने क्रम जारी छ। आइतबार साँझसम्म आएको परिणाम अनुसार‚ प्रदेश १ बाहेक सबै प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा धेरै पदमा विजयी भएको छ।
निर्वाचन आयोगका अनुसार‚ प्रदेश १ मा सबैभन्दा धेरै पदमा एमालेले जितेको छ। एमालेले नगरपालिकाको मेयर १८ र गाउँपालिकाको अध्यक्ष २४ सहित उपमेयर‚ उपाध्यक्ष‚ वडाध्यक्ष‚ महिला सदस्य‚ दलित महिला सदस्य र सदस्य गरी दुई हजार ६८५ पदमा जित निकालेको छ। यस्तै‚ कांग्रेसले मेयर २१ र अध्यक्ष ४४ सहित दुई हजार २८७ पदमा विजय हासिल गरेको छ।
यस्तै‚ नेकपा (माओवादी केन्द्र) ले १२ गाउँपालिकाको अध्यक्ष सहित ५३५ पदमा जित निकालेको छ। जनता समाजवादी पार्टी (जसपा) ले दुई गाउँपालिका अध्यक्ष सहित ११२ पदमा विजय प्राप्त गरेको छ। नेकपा (एकीकृत समाजवादी) ले मेयर एक र अध्यक्ष एक सहित १०० पदमा जित निकालेको छ।
मधेश प्रदेशमा कांग्रेसले मेयर २६ र अध्यक्ष १८ सहित दुई हजार ११९ पदमा विजय प्राप्त गरेको छ। यस्तै‚ एमालेले मेयर १४ र अध्यक्ष १० सहित एक हजार ३७२‚ जसपाले मेयर सात र अध्यक्ष १७ सहित एक हजार १२१‚ माओवादी केन्द्रले मेयर सात र अध्यक्ष दुई सहित ६५०‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मेयर सात र अध्यक्ष ६ सहित ४६६ साथै एकीकृत समाजवादीले मेयर तीन र अध्यक्ष एक सहित ३७१ पदमा विजय हासिल गरेका छन्।
बागमती प्रदेशमा कांग्रेसले मेयर २२ र अध्यक्ष ३४ सहित दुई हजार ३७१‚ एमालेले नौ मेयर र १७ अध्यक्ष सहित एक हजार ९५४‚ माओवादी केन्द्रले मेयर चार र अध्यक्ष २२ सहित ९३९‚ एकीकृत समाजवादीले मेयर चार र अध्यक्ष एक सहित ११० तथा राप्रपाले मेयर एक सहित ५८ पदमा जित निकालेका छन्।
गण्डकी प्रदेशमा कांग्रेसले १४ मेयर र २१ अध्यक्ष सहित एक हजार ६८३ पदमा जित निकालेको छ। यस्तै‚ एमालेले मेयर आठ र अध्यक्ष २७ सहित एक हजार ५९२‚ माओवादी केन्द्रले मेयर दुई र अध्यक्ष नौ सहित ४२२‚ राष्ट्रिय जनमोर्चाले मेयर एक र अध्यक्ष एक सहित ५९ पदमा विजय हासिल गरेका छन्। एकीकृत समाजवादीले भने मेयर र अध्यक्ष बाहेकका १९ पदमा जित निकालेको छ।
लुम्बिनी प्रदेशमा कांग्रेसले मेयर १८ र अध्यक्ष २७ सहित एक हजार ८९६ पदमा विजय हासिल गरेको छ। यस्तै‚ एमालेले मेयर आठ र अध्यक्ष १७ सहित एक हजार ६१६‚ माओवादी केन्द्रले मेयर तीन र अध्यक्ष २२ सहित ८२८‚ जसपाले मेयर एक र अध्यक्ष दुई सहित १९५ साथै राप्रपाले मेयर एक सहित १०० पदमा जित निकालेका छन्।
कर्णाली प्रदेशमा कांग्रेसले मेयर १२ र अध्यक्ष २० सहित एक हजार २५०‚ माओवादी केन्द्रले मेयर पाँच र अध्यक्ष १५ सहित एक हजार १२३ पदमा विजय हासिल गरेका छन्। यस्तै‚ एमालेले मेयर ६ र अध्यक्ष नौ सहित एक हजार ३७‚ एकीकृत समाजवादीले अध्यक्ष चार सहित १७९ तथा नेपाल मजदूर किसान पार्टीले मेयर र अध्यक्ष बाहेकका ३१ पदमा जित निकालेका छन्।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मेयर १५ र अध्यक्ष २२ सहित एक हजार ६९८‚ एमालेले मेयर आठ र अध्यक्ष १७ सहित एक हजार १९५‚ माओवादी केन्द्रले मेयर तीन र अध्यक्ष ११ सहित ४५४‚ एकीकृत समाजवादीले मेयर र अध्यक्ष एक-एक सहित १४६ तथा नागरिक उन्मुक्ति पार्टीले मेयर दुई र अध्यक्ष दुई सहित ९९ पदमा विजय हासिल गरेका छन्।