तिलोत्तमाको मेयरमा गृहमन्त्री खाँणका भाइको अग्रता
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन्।
३६ हजार १५१ मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्णले १४ हजार १६८ प्राप्त गरेका छन्। यस्तै‚ नेकपा (एमाले) का मोहन चापागाईंले १३ हजार ४१२ ल्याएका छन्।
उपमेयरमा भने एमालेकी जागेश्वरदेवी चौधरी दोब्बर मत सहित अगाडि छन्। चौधरीले १३ हजार ५६ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हेमलाल पाण्डेले ६ हजार ७२५ मत प्राप्त गरेका छन्।