गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जाबाट विद्युत आपूर्ति
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यउर्जाबाट विद्युत आपूर्ति गर्न १० मेघावाट विद्युत् उत्पादन गरीने भएको छ ।
एशियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।
एशियाली विकास बैंकका अधिकृत नरेश प्रधानका अनुसार एडिबीले रु एक अर्ब अनुदान रकम दिने गरी छलफल भएकाे छ ।
“१० मेघावाट सौर्य ऊर्जा निकाल्न करीब एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ” उनले भने “सोही अनुसार विद्युत्, एडिबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ ।”
विमानस्थललाई प्रदूषण रहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको प्रमुख अधिकारीले बताए ।
छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थलको विद्युत पनि सौर्य ऊर्जाबाट सञ्चालित छ ।
विमानस्थल आगमी पुस मसान्तभित्र फुल फेजमा सञ्चालनमा आउने बताइएको छ ।
विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएता पनि अहिले एडिबीले ६२ दशमलब ६ प्रतिशत र क्यानको ३७ दशमलब ४ प्रतिशत लागत बेहोरिरहेका छन् ।
नेपाल सरकारले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।