पहिले भाग्यले साथ दिएन‚ अहिले जनताले दिए साथ
२०७४ सालको स्थानीय तह निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथामा झापाको कमल गाउँपालिकाको अध्यक्षमा पराजित हुकुमसिंह राई यस पटक भने फराकिलो मतान्तर सहित विजयी भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको अध्यक्षका उम्मेदवार हुकुमसिंहले १२ हजार ८६८ प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का भीमप्रसाद राईले नौ हजार ६५३ प्राप्त गरेका छन्।
उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपानेले विजयी भएकी छन्। उनले १० हजार ८४५ मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गरेका छन्।
अध्यक्षमा विजयी हुकुमसिंह २०७४ सालको स्थानीय तह चुनावमा एमालेकी मेनका काफ्लेसँग अध्यक्षमा पराजित भएका थिए। दुवै जनाले आठ हजार २७५ मत ल्याएपछि गोलाप्रथा गरिएको थियो। गोलाप्रथामा राईलाई भाग्यले साथ दिएन। उनी पराजित भए।