तुलसीपुर उपमहानगरमा एमालेका उम्मेदवार मतान्तर बढाउँदै
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।
मेयरमा एमालेका टीकाराम खड्काले निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई एक हजार ७५७ मतले पछाडि पारेका छन्। ४६ हजार २४४ मतगणना हुँदा खड्काले १९ हजार ६९९ मत र गिरीले १७ हजार ९४२ मत प्राप्त गरेका छन्।
यसै गरी उपमेयरमा पनि एमालेकी स्यानी चौधरी पाँच हजार ८०९ मतले अगाडि छन्। चौधरीले १९ हजार ११५ मत र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले १३ हजार ३०६ मत प्राप्त गरेका छन्। तुलसीपुरमा ७४ हजार ३९३ मत खसेको थियो।