सुन्दरहरैंचा र शिवसताक्षीमा एमाले विजयी
मोरङको सुन्दरहरैंचा नगरपालिका र झापाको शिवसताक्षी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ।
सुन्दरहरैंचाको मेयरमा एमालेका केदारप्रसाद गुरागाईं २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नवराज चापागाईंले ११ हजार ३०० मत प्राप्त गरेका छन्।
झापाको शिवसताक्षीको मेयरमा एमालेका मेघहाङ थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत प्राप्त गरेका छन्।
यस्तै‚ उपमेयरमा एमालेकी नरमाया कार्की १४ हजार १५५ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेका छन्। -रासस