निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन नगर्ने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन लक्षित नियमित पत्रकार भेटघाट कार्यक्रम जेठ ९ गतेदेखि नगर्ने भएको छ।
आवश्यकता अनुसार पूर्व जानकारी दिएर मात्रै पत्रकार सम्मेलन आयोजना गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले स्थानीय चुनावका लागि हरेक साता सोमबार र बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै आएको थियो।
अधिकांश पालिकाको नतीजा आइसकेको जनाउँदै आयोगले नियमित पत्रकार भेटघाट कार्यक्रम नगर्ने भएको हो।