जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साहको अग्रसरता कायमै
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन्। नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार साहले नौ हजार ७७४ मत प्राप्त गरेका छन्।
यस्तै‚ नेकपा (एमाले) का शिवशंकर साहले सात हजार ६०४ मत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज चौधरीले तीन हजार ९५८ मत, जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले तीन हजार ३६१ मत प्राप्त गरेका छन।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह १० हजार ९९५ मत सहित अगाडि छन्। एमालेका उम्मेदवार रुणदेवी झाले आठ हजार ६६१, लोसपाकी रीताकुमारी मिश्रको चार हजार ९३ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले दुई हजार ९०४ मत प्राप्त गरेका छन्।
२५ वटा वडा रहेको जनकपुरधाममा १९ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ। जसमा कांग्रेसले नौ वटा, एमालेले ६ वटा, स्वतन्त्रले दुई, तराई मधेश लोकतान्त्रिक पार्टीले एक र लोसपाले एक वटा वडा जितेको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ६, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले १०, एमालेले एक, तत्कालीन संघीय समाजवादी फोरमले एक र स्वतन्त्रले एक वटा वडा जितेको थियो।