भरतपुरमा साढे ८९ हजार मतगणना हुँदा रेणु दाहाल ७ हजार ४१५ मतले अघि
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छन्।
८९ हजार ५०८ मतगणना गर्दा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दाहालले ३५ हजार ९८ मत प्राप्त गरेकी छन्। यस्तै‚ नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ६८३ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी फराकिलो मत सहित अगाडि छन्। अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले २१ हजार ९०० मत गरेकी छन्।
२९ वटा वडा रहेको भरतपुर महानगरमा हालसम्म वडा नम्बर १ देखि १७ सम्मको गणना सम्पन्न भइसकेको छ। अहिले अन्य वडाको मतगणना जारी छ। यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो। -रासस