तुलसीपुरको मेयर र उपमेयरमा एमालेको अग्रता कायमै
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।
३५ हजार १७५ मतगणना हुँदा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई ८११ मतले पछाडि पारेका छन्। खड्काले १५ हजार ४०५ मत र गिरीले १४ हजार ५९४ मत प्राप्त गरेका छन्।
यसै गरी उपमेयरमा शुरूआतदेखि नै अग्रस्थानमा रहेका एमालेकी स्यानी चौधरीले मतान्तर थप बढाउँदै लगेकी छन्। उनी आफ्ना प्रतिस्पर्धीभन्दा तीन हजार ७२३ मतले अगाडि छन्। चौधरीले १४ हजार ६१५ मत र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गरेका छन्।
तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको छ।