पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता
कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका धनराज आचार्य र उपमेयरमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले अग्रता कायमै राखेका छन्। आचार्य तीन हजार २६० र गुरुङ एक हजार ६१२ मतले अगाडि छन्।
एक लाख एक हजार १२१ मतगणना सकिंदा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन्। यस्तै‚ नेकपा (एमाले) का कृष्ण थापा ३७ हजार १७४ मत ल्याएर दोस्रो स्थानमा रहँदै आएका छन्। राप्रपाका शंकर खरालले चार हजार ५८२ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने एमालेकी गुरुङ ४२ हजार ३१६ मत सहित अगाडि छिन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४० हजार ७०४ मत प्राप्त गरेकी छन्। यस्तै‚ राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले चार हजार ५०९ मत प्राप्त गरेकी छन्।