इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा (एमाले) की संगीताकुमारी चौधरी निर्वाचित भएका छन्।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले ३३ हजार ४९ मत प्राप्त गरेका छन्। यस्तै‚ नेकपा (एमाले) का यामकुमार चोङबाङ सुब्बाले २८ हजार ३१ र राप्रपाका आकाश हाङ लिम्बूले तीन हजार आठ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेकी संगीताकुमारी विजयी भएकी हुन्। उनले ३२ हजार ४३६ प्राप्त गरेकी छन्। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का केशवकुमार विष्टले १८ हजार ३१ मत प्राप्त गरेका छन्। यस्तै‚ राप्रपाकी बबिताकुमारी चौधरीले चार हजार ७१९ मत पाएकी छन्।