तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्।
२५ हजार ६८३ मतगणना गर्दा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई ७१ मत पछाडि पारेका छन्। खड्काले १० हजार ६०५ मत र गिरीले १० हजार ५३४ मत प्राप्त गरेका छन्।
यसै गरी उपमेयरमा शुरूआतदेखि नै अग्रस्थानमा रहेकी एमालेकी स्यानी चौधरी मतान्तर बढाउँदै लगेकी छन्। चौधरीले नौ हजार ९१७ मत र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गरेका छन्। तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको छ।