१० खेलाडीले क्याम्प छाडेको प्रकरण: छानबिन कार्यदलको प्रतिवेदनमा के छ?
एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेको प्रकरणमा मुख्य प्रशिक्षक, खेलाडी, व्यवस्थापक र अखिल नेपाल फूटबल संघ (एन्फा) सचिवालय समेत दोषी रहेको समस्या पहिचान र सुझाव कार्यदलको निष्कर्ष छ।
नेपाली सेनाका पूर्व रथी भिक्टरशमशेर राणाको संयोजकत्वमा गठित कार्यदलले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, प्रशिक्षण छाडेका खेलाडी, व्यवस्थापक र एन्फा सचिवालयलाई छुट्टाछुट्टै सुझाव सिफारिश गरेको हो।
मुख्य प्रशिक्षक अल्मुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षण छाड्न बाध्य पारेपछि एन्फाले तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले दिएको सुझाव यस्तो छः